सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

सोमबार, २२ असार २०८३, १९ : २०
सोमबार, २२ असार २०८३

काठमाडौँ । असार २२र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद अस्पताल तथा अस्पतालअन्तर्गत सञ्चालित वैद्यखानाको निरीक्षण गर्दै सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिएकी छन् । 

निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालबाट प्रदान हुँदै आएको आयुर्वेद उपचार, योग तथा प्राकृतिक चिकित्सा सेवा,औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी हुन् ।

नागरिकले गुणस्तरीय,सहज र भरपर्दो आयुर्वेद सेवा पाउने वातावरण सुनिश्चित गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उनले सम्बन्धित अधिकारीसँग आग्रह गरिन् । 

सरकारी वैद्यखानाले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्ने उल्लेख गर्दै मन्त्री मेहताले उत्पादन क्षमता वृद्धि गरी सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने बताइन् । 

उनले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक उपयोग, प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि मन्त्रालय आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप