चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानुन पारित नभए आगामी निर्वाचन हुन कठिन छ: भण्डारी
सारांश
- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित नभए आगामी निर्वाचन हुन कठिन हुने बताएका छन् ।
- उनले बजेट अधिवेशनमा कानुन बन्न नसके आगामी निर्वाचन झनै पेचिलो बन्ने र इभोटिङ जस्ता माग सम्बोधन गर्न सकिने बताए ।
- आफूले एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर पेस गरेको तीन वर्ष बितिसक्दा पनि संसदमा पेस नभएकोमा उनले गुनासो गरे ।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन चालु अधिवेशनभित्रै पारित हुन नसके आगामी निर्वाचन हुन कठिन रहेको बताएका छन् ।
सोमवार निर्वाचन आयोगमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट अधिवेशनमा एकीकृत निर्वाचन कानुन पारित नभए आगामी निर्वाचन हुन कठिन रहेको बताए । बजेट अधिवेशनभित्रै कानुन बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने उनको भनाइ छ ।
नयाँ निर्वाचन कानुन ल्याएर इभोटिङ लगायतका मागहरु सम्बोधन गर्न सकिने उनले बताए । उनले आफू निर्वाचन आयोगमा हुँदा आयोगलाई कानुनी रूपमा स्पष्ट र दर्बिलो बनाउने काम गरेको जिकिर गरे । आफ्नो कार्यकालमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेर सम्बन्धित मन्त्रालयमा पेस गरेको भएपनि पेस गरेको तीन वर्षभन्दा बढी हुँदा समेत संसदमा पेस हुन नसकेको गुनासो गरे।
अबको निर्वाचनको आयोगको गन्तव्य अझै पेचिलो रहेको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सबैलाई मिलाएर लैजानसक्ने नेतृत्व आयोगलाई आवश्यक रहेको बताए। भण्डारी ६५ वर्षे उमेरहदका कारण मंगलवारबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण