मौद्रिक नीतिको मस्यौदा तयार, आजै सार्वजनिक गर्ने तयारी
सारांश
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा तयार पारेको छ।
- मस्यौदा व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समितिबाट पारित गरी आजै वा भोलि बिहानसम्म सार्वजनिक गर्ने तयारी छ।
- चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । आर्थिक अनुसन्धान विभाग तयार पारेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा तयार गरेसँगै उक्त नीति सार्वजनिक गर्ने तयारी थालिएको हो ।
यसका लागि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ । विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समिति बैठक बोलाइने र त्यसबाट पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको गभर्नर कार्यालयले जनाएको छ ।
‘हाम्रो तयारी आजै सार्वजनिक गर्ने भन्ने हो, नभए भोलि बिहानसम्म हुनसक्छ,’ गभर्नर कार्यालयका एक कर्मचारी भन्छन् ।
राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठ पनि मौद्रिक नीतिबारे छलफल गर्न बैठक बोलाइएको बताउँछिन् र यद्यपि बैठकबाट पास भएपछि मात्रै कहिले सार्वजनिक हुन्छ भन्ने निश्चित हुने उनको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयका कर्मचारी घुससहित पक्राउ
-
आयोगमा परेका १ हजार ५ सय उजुरीमध्ये ४ सय उजुरीको प्रारम्भिक छानबिन सुरु
-
सशस्त्रको स्कुलको ११ करोड रकम एमडी ट्राभल्सको खातामा
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण