मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

ओमान नजिक इरानको बारुदी सुरुङ हटाउने ट्याङ्करमाथि आक्रमण

मङ्गलबार, २३ असार २०८३, ११ : २३
मङ्गलबार, २३ असार २०८३

सारांश

  • ओमानको तट नजिक स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको एक ट्याङ्करमा प्रक्षेप्य प्रहार भएपछि आगलागी भएको बेलायतको सेनाले जनाएको छ ।
  • यो घटना स्ट्रेट अफ होर्मुजबाट गुज्रिरहेका जहाजमाथि भएको पछिल्लो आक्रमण हो ।
  • इरानी सरकारी टेलिभिजनका अनुसार तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको उक्त ट्यांकरले इरानको चेतावनी बेवास्ता गरेपछि आक्रमणमा परेको हो ।

तेहरान । ओमानको तट नजिक स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको एक ट्याङ्करमा प्रक्षेप्य प्रहार भएपछि आगलागी भएको बेलायतको सेनाले जनाएको छ । मंगलबार बिहान भएको उक्त घटना स्ट्रेट अफ होर्मुजबाट गुज्रिरहेका जहाजमाथि भएको पछिल्लो आक्रमण हो । 

अमेरिका–इजरायल र इरानबिच फेब्रुअरी अन्त्यतिर युद्ध सुरु हुनुअघि विश्वभर खपत हुने झन्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने गर्थ्यो ।

इरानी सरकारी टेलिभिजनका अनुसार तरलीकृत प्राकृतिक ग्यास (एलएनजी बोकेको उक्त ट्यांकरले इरानको चेतावनी बेवास्ता गरेपछि आक्रमणमा परेको हो । तर तेहरानले घटनाको जिम्मेवारी भने प्रत्यक्ष रूपमा लिएको छैन । इरानले यसअघि पनि होर्मुज जलडमरूमध्यमा आफूले स्वीकृत गरेको मार्ग मात्रै सुरक्षित रहेको बताउँदै आएको छ । ओमानको तट नजिकको वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने अन्य जहाजमाथि पनि इरानले आक्रमण गरेको आशंका रहँदै आएको छ ।

बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार ट्यांकर ओमानको लिमाह नजिक प्रहारमा परेको हो । स्ट्रेट  अफ होर्मुजबाट दक्षिणतर्फ गल्फ अफ ओमानतर्फ जाँदै गर्दा ट्यांकरको बायाँ भागमा प्रक्षेप्य लागेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप