मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल

मङ्गलबार, २३ असार २०८३, १२ : २५
मङ्गलबार, २३ असार २०८३

सारांश

  • हास्य कलाकार जितु नेपाल ‘कमेडी च्याम्पियन’को चौथो सिजनमा निर्णायकको भूमिकामा देखिने भएका छन् ।
  • उनले आफू लामो समयदेखि कमेडीमा रहेकाले निर्णायकको भूमिकाका लागि सुहाउँदो रहेको बताएका छन् ।
  • साउनको पहिलो सातादेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने यस शोकी प्रस्तोता नम्रता श्रेष्ठ रहेकी छन् ।

काठमाडौँ । अभिनेता तथा हास्य कलाकार जितु नेपाल रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजनमा देखिने भएका छन् । उनी शोको निर्णायकको भूमिकामा देखिन लागेका हुन् । आयोजकले यस विषयमा घोषणा गर्न बाँकी छ ।

अभिनेता नेपालले भने शोमा आफू निर्णायकको भूमिकामा देखिन लागेको स्वीकारेका छन् । ‘लामो समयदेखि कमेडीमा छु । शोको निर्णायक हुन म सुहाउँछु’ जितुले भने ।

साउनको पहिलो सातादेखि हिमालय टेलिभिजनबाट प्रसारणको तयारीमा रहेको चौथो सिजनको प्रस्तोताको रूपमा मिस नेपाल नम्रता श्रेष्ठ भित्रिएकी छन् । लगातार तीन सिजन सञ्चालन गरेकी अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनको स्थानमा नम्रता भित्रिएकी हुन् ।

कार्यक्रमको निर्देशन यसपटक पनि विशाल भण्डारीले नै गर्नेछन् । अघिल्ला सिजनमा ४ सदस्यीय निर्णायक टोली रहे पनि चौथो सिजनमा कति जना निर्णायक रहने भन्नेबारे आयोजकले अझै खुलाएको छैन ।

जितु नेपाल नेपाली हास्य अभिनयका स्थापित कलाकार हुन् । टेलिभिजन, स्टेज तथा फिल्ममा हास्य विधाको लोकप्रियतापछि नेपाल अभिनेताको रूपमा फिल्ममा देखिँदै आएका छन् ।

त्यसअघि नै जितु नेपालको सम्भावित इन्ट्रीले भने कार्यक्रमप्रति दर्शकको उत्सुकता उल्लेखनीय रूपमा बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप