अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई राजस्व संकलनको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।
- मन्त्री वाग्लेले 'मिसन १६ खर्ब' अन्तर्गत राजस्व संकलनको लक्ष्य हासिल गर्न व्यावसायिक वातावरण अनुकूल बनाउन, राजस्व चुहावट रोक्न र कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
- उनले सूचना प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी प्रशासनमार्फत आम्दानी बढाएर मुलुकको आन्तरिक आय बलियो बनाउन सकिने बताए।
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नयाँ महानिर्देशकलाई राजस्व संकलनको लक्ष्य पूरा गर्न इमानदारीका साथ काम गर्न निर्देशन दिएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित भेटघाटमा उनले भन्सार विभागका महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले 'मिसन १६ खर्ब' अन्तर्गत राजस्व संकलनको लक्ष्य हासिल गर्न व्यावसायिक वातावरण अनुकूल बनाउँदै राजस्व चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले मन्त्रालयले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने पनि स्पष्ट पारे।
उनले भन्सार र कर प्रशासनलाई सूचना प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन विशेष जोड दिए। उनका अनुसार भन्सार र करबाट हुने आम्दानी बढे मुलुकको आन्तरिक आय बलियो हुने, बाह्य ऋणमा निर्भरता घट्ने र आफ्नै स्रोतबाट विकासको गति अघि बढ्नेछ।
मन्त्री वाग्लेले मातहतका कार्यालयमा अनियमिततामा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्न र इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रोत्साहनको व्यवस्था सुनिश्चित गर्न पनि निर्देशन दिए।
उनले सक्षम र अनुभवी सहसचिवलाई राजस्व प्रशासनको नेतृत्वमा ल्याइएको उल्लेख गर्दै आगामी ६ देखि ८ महिनाभित्रै उल्लेखनीय नतिजा देखिने विश्वास व्यक्त गरे।
यसअघि असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। असार २२ गते मन्त्रालयमा हाजिर भएपछि उनीहरूलाई क्रमशः भन्सार विभागको महानिर्देशक, आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको थियो।
नयाँ जिम्मेवारी सम्हालेका तीनै अधिकारीले अर्थमन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै राजस्व संकलन लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण