नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालसहित ५ जना सङ्गठित ठगीको मतियार ठहर
सारांश
- काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजालसहित ५ जना प्रतिवादीहरूलाई सङ्गठित ठगीको मतियार ठहर गरेको छ।
- शमशेर मियाँले सरकारी सवारी साधन ठगी गर्ने सन्देश शर्मालाई उपलब्ध गराएर सर्वसाधारणमा सरकारी कर्मचारी भन्ने भ्रम पैदा गर्न सहयोग गरेको पुष्टि भएको छ।
- हरिभक्त महर्जनले पत्नी र सहकारीका कर्मचारीको बैंक खाता प्रयोग गरी ठगीको रकम ट्रान्सफर गर्न सहयोग पुर्याएको र निरञ्जन कुमार खरेलले सुरक्षाकर्मी भएको भ्रममा पारी मुख्य योजनाकारसम्म रकम पुर्याउन र बायोमेट्रिक गराउन सहयोग गरेको ठहर अदालतले गरेको छ।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ५ जना प्रतिवादीहरूलाई सङ्गठित ठगीको 'मतियार' ठहर गरेको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई मतियारको रूपमा कसूरदार ठहर गरिएको हो।
अदालतको फैसलामा प्रतिवादी शमशेर मियाँले आर्थिक लाभ लिएको नदेखिए पनि सरकारी सुविधाको सवारी साधन ठगी गर्ने समूहका सन्देश शर्मालाई उपलब्ध गराएर सर्वसाधारणमा 'सरकारी कर्मचारी' भन्ने भ्रम पैदा गराई ठगीमा सहयोग पुर्याएको पुष्टि भएको उल्लेख छ। त्यस्तै, हरिभक्त महर्जनले आफ्नी पत्नी र सहकारीका कर्मचारीको बैंक खाता उपलब्ध गराई ठगीको रकम ट्रान्सफर गर्न सहयोग पुर्याएको फैसलामा उल्लेख छ।
अर्का प्रतिवादी निरञ्जन कुमार खरेलले भने आफू सुरक्षाकर्मी भएको भ्रममा पारी पीडितले बुझाएको रकम मुख्य योजनाकारसम्म पुर्याउने र बायोमेट्रिक गराउने ठाउँहरूमा उपस्थित भएर सङ्गठित ठगीमा प्रत्यक्ष सहयोग पुर्याएको ठहर अदालतले गरेको छ।
यी सबै गतिविधिले उनीहरूलाई सङ्गठित ठगीको मुख्य कसूरदार नभई 'मतियार'को रूपमा प्रमाणित गरेको अदालतको ठहर छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
-
१० बजे १० समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणको आदेशदेखि मौद्रिक नीतिको व्यवस्थासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण