मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ

मङ्गलबार, २३ असार २०८३, २० : ५८
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेकी प्रहरीको प्राविधिक प्रहरी नायव निरीक्षक (सई) ले सफाइ पाएकी छन् ।

उनी प्रहरी अस्पतालमा कार्यरत छिन् । 

२०८० जेठ मा प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । त्यसबेला पनि उनी धरौटीमा छुटेकी थिइन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहका सदस्यहरूले संकलन गरेको रकम महर्जनको खातामा पनि आएको भेटिएको थियो । उनको बैंक खाता हरिभक्त महर्जनले दुरुपयोग गरेको अदालतको फैसलामा उल्लेख छ । 

२०७९ चैत १२ मा शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउन खोज्ने गिरोहका योजनाकार सानु भण्डारी र केशव दुलाल पक्राउ परेपछि सो प्रकरणमा हाइप्रोफाइलहरूको संलग्नता खुलेको थियो । काठमाडौं जिल्ला अदालतले महर्जन सहित रामशरण केसी, टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुरको अभियोगबाट सफाइ दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप