उडिरहेको विमानबाट प्रशिक्षक पाइलट हाम फालेपछि......
सारांश
- अर्जेन्टिनामा उडान प्रशिक्षणका क्रममा एक प्रशिक्षक पाइलटले उडिरहेको विमानबाट हाम फालेर ज्यान गुमाएका छन् ।
- प्रशिक्षकले विमानबाट हाम फाल्नुअघि विद्यार्थीलाई 'तिमीलाई के गर्नुपर्छ थाहा छ, अघि बढ्' भनेर आफ्नो हेडसेट र सिटबेल्ट खोले, विमानको ढोका खोलेर बाहिर हाम फाले ।
- प्रशिक्षकको मृत्युपछि विमानमा एक्लिएकी २२ वर्षीया विद्यार्थीले अत्यन्तै कठिन परिस्थितिमा विमानलाई सुरक्षित रूपमा अवतरण गराएकी छन् ।
ब्यूनस आयर्स । अर्जेन्टिनामा उडान प्रशिक्षणका क्रममा एक जना प्रशिक्षक पाइलटले उडिरहेको विमानबाट हाम फालेर ज्यान गुमाएका छन् । त्यसपछि विमानमा एक्लिएकी विद्यार्थीले अत्यन्तै कठिन परिस्थितिमा विमानलाई सुरक्षित रूपमा अवतरण गराएकी छन् ।
अर्जेन्टिनाको सार्वजनिक अभियोजन कार्यालयका अनुसार घटना गत शनिबार मध्य अर्जेन्टिनाको तोलेदो क्षेत्रमा भएको हो । ४२ वर्षीय लिआन्द्रो आन्द्रेस बेर्तासोको शव घटनापछि फेला परेको थियो ।
बेर्तासो ‘सेस्ना १५०’ विमानमा २२ वर्षीया विद्यार्थी रोसारियोलाई उडान तालिम दिइरहेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार उनले विमानबाट हाम फाल्नुअघि विद्यार्थीलाई, ‘तिमीलाई के गर्नुपर्छ थाहा छ, अघि बढ्’ भनेर आफ्नो हेडसेट र सिटबेल्ट खोले, विमानको ढोका खोलेर बाहिर हाम फाले । बेर्तासो कार्यरत फ्लाइङ प्यारोट कोर्डाेबा फ्लाइङ स्कुलका निर्देशक एडुआर्डाे आल्भारेजले पाइलटले यस्तो कदम चाल्ने कुनै संकेत यसअघि नदेखिएको बताए ।
उनका अनुसार बेर्तासोले सोही दिन अर्काे विद्यार्थीसँग पनि प्रशिक्षण उडान गरेका थिए । ‘उनले विमानमै अर्काे व्यक्तिको उपस्थितिमा यस्तो दुःखद निर्णय लिए । यसलाई बुझ्न निकै कठिन छ, तर मानव मन अत्यन्त जटिल हुन्छ,’ आल्भारेजले भने । आल्भारेजले बेर्तासोलाई सधैं मुस्कुराइरहने असाध्यै असल व्यक्तिका रूपमा सम्झँदै यस्तो घटना सबैका लागि स्तब्ध पार्ने भएको बताए ।
उनले उडिरहेको विमानको ढोका खोल्नु अत्यन्त कठिन हुने उल्लेख गर्दै यसलाई प्रतिघण्टा २०० किलोमिटरको गतिमा कुदिरहेको कारको ढोका खोल्न खोजेजस्तै कठिन काम भएको बताए । घटनापछि विद्यार्थी रोसारियो गम्भीर मानसिक आघातमा परेकी थिइन् । त्यसका बाबजुद उनले विमानलाई सफलतापूर्वक सुरक्षित अवतरण गराइन् । विमानमा कुनै क्षति नभएको अधिकारीहरूले बताएका छन् ।
बेर्तासो अनुभवी पाइलट थिए र उनले छिमेकी देश चिलीमा पनि उडान प्रशिक्षकका रूपमा काम गरेका थिए । अर्जेन्टिनाका अधिकारीहरूले घटनाको वास्तविक कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
-
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण