काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ
सारांश
- सार्वजनिक सवारी साधनमा यात्रुहरूलाई हैरानी गर्ने ३२ जना बिचौलियालाई प्रहरीले काठमाडौँको जडीबुटीबाट पक्राउ गरेको छ ।
- बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने बहानामा यात्रुको झोला तान्ने र महिलाहरूसँग दुर्व्यवहार गर्ने गरेको आरोप छ ।
- यसअघि प्रहरीले बल्खु क्षेत्रबाट पनि १७ जना बिचौलियालाई पक्राउ गरेको थियो ।
काठमाडौँ । प्रहरीले काठमाडौँको जडीबुटीबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
बिहीबार बिहान जडीबुटीबाट ३२ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
जडीबुटीमा अरनिको यातायातले रामेछाप, दोलखा र सिन्धुपाल्चोकतर्फ चल्ने बसहरू छुट्ने बसपार्क सञ्चालन गरेको छ । त्यहाँबाट तराई र पूर्व क्षेत्रमा जाने साना सवारी साधन पनि छुट्छन् । बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने नाममा यात्रुको झोला तान्ने र अशोभनीय तरिकाले महिलाहरूलाई हात समातेर दुर्व्यवहार गर्ने गरेका गुनासो आएको एसएसपी खड्काले जानकारी दिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा आरोपीहरुको विवरण जाँच गरेर थप अनुसन्धान गरिने एसएसपी खड्काले जानकारी दिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको बल्खु क्षेत्रबाट १७ जना बिचौलियालाई पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण