प्रस्तावित व्यक्ति र उजुरीकर्ताबिचको छलफल एकै दिन गरौँ: बुर्लाकोटी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कवीन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ प्रक्रियालाई प्रभावकारी बनाउन प्रस्तावित व्यक्ति र उजुरीकर्ताको छलफल एकै दिन गर्न प्रस्ताव गरेका छन्।
- उनले अघिल्लो सुनुवाइको अनुभवका आधारमा उजुरीकर्तासँगको छलफल र प्रस्तावित व्यक्तिको प्रश्नोत्तर एकै दिन गर्दा प्रक्रिया बढी प्रभावकारी हुने बताए।
- सांसद बुर्लाकोटीले समितिको बैठक भर्चुअल माध्यमबाट सञ्चालन गर्न र आवश्यक कागजात डिजिटल प्रतिमार्फत उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रस्तावित व्यक्ति र उजुरीकर्ताबिचको छलफल एकै दिन गर्न प्रस्ताव गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन्।
अघिल्लो संसदीय सुनुवाइको अनुभव उल्लेख गर्दै उनले उजुरीकर्तासँगको छलफल र प्रस्तावित व्यक्तिसँगको प्रश्नोत्तर एउटै दिन सञ्चालन गर्दा प्रक्रिया बढी प्रभावकारी हुने धारणा राखे। यसो गर्दा उजुरीका विषयवस्तु पुनः सम्झिरहनु नपर्ने र छलफल थप व्यवस्थित हुने उनको भनाइ थियो। उनले आवश्यक परेमा त्यसपछिका निर्णयका लागि छुट्टै बैठक राख्न सकिने स्पष्ट पारे।
बैठकमा बोल्दै सांसद बुर्लाकोटीले भने, ‘अघिल्लो सुनुवाइको अनुभवका आधारमा हामीले उजुरीकर्तासँग गर्ने भेटघाट, छलफल र सम्बन्धित प्रस्तावित व्यक्तिसँगको प्रश्नोत्तर एकै दिन गर्दा बढी प्रभावकारी हुन्छ। यसो गर्दा हामीले के उजुरी थियो भनेर सम्झिराख्नु पर्दैन। आवश्यक परेमा फेरि पछि अर्को बैठकमा छलफल गरेर निर्णय गर्न सकिन्छ, तर उजुरीकर्ता र प्रस्तावित व्यक्तिको छलफल चाहिँ एकै दिन गरौँ।’
यसका साथै उनले समितिको बैठक भर्चुअल माध्यमबाट सञ्चालन गर्न समेत आग्रह गरे। भर्चुअल बैठक सञ्चालन गरिएमा समयको बचत हुने र सदस्यहरूले घरबाटै आवश्यक अध्ययन गरेर बैठकमा सहभागी हुन सहज हुने उनको भनाइ छ। उनले बैठकका लागि आवश्यक कागजातहरू पनि डिजिटल प्रतिमार्फत उपलब्ध गराउनुपर्ने कुरामा जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण