शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने

शुक्रबार, २६ असार २०८३, ०९ : ३३
शुक्रबार, २६ असार २०८३

सारांश

  • राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्नेछ।
  • बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।
  • यस बैठकमा राष्ट्रिय समावेशी आयोगको आ.व. २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । 

त्यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् । 

बैठकमा राष्ट्रिय समावेशी आयोगको आ.व. २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि सभामा छलफल हुने कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप