गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
सारांश
- राष्ट्रिय युवा संघ, नेपालले राहदानी विभाग अगाडी गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनाको छानबिन गर्न माग गरेको छ ।
- युवा संघले विज्ञप्ति जारी गर्दै धनी वर्गको हितमा केन्द्रित नीतिले सङ्घर्षरत बहुसङ्ख्यक नेपालीको यथार्थलाई बेवास्ता गरेको आरोप लगाएको छ ।
- संघले गणेश नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन, युवालाई यस्तो अवस्थामा पुर्याउने कारणहरूको खोजी, उपचारको जिम्मेवारी र क्षतिपूर्ति राज्यले वहन गर्न माग गरेको छ ।
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले असार २५ गते राहदानी विभाग अगाडी गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनाप्रति गम्भीर चिन्ता र दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न माग गरेको छ ।
संघका अध्यक्ष महाराज गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै बालेन नेतृत्वको सरकार गठन भएयता आर्थिक रूपमा सङ्घर्षरत बहुसङ्ख्यक नेपालीको यथार्थभन्दा धनी र सम्पन्न वर्गको हितअनुकूल नीति तथा गतिविधिमा बढी केन्द्रित भएको अनुभूति जनस्तरमा बढ्दै गणेश नेपाली घटनाले पुष्टि गरेको उल्लेख छ ।
‘नागरिकलाई सहज सेवा, रोजगारी, आवास र सम्मानजनक जीवनको प्रत्याभूति दिनुपर्ने राज्य नै दण्ड, जरिवाना र विस्थापनको माध्यमबाट प्रस्तुत हुँदा सुकुम्बासी समुदायको पीडादेखि आजको आत्मदाह प्रयाससम्मका घटना यसका ज्वलन्त उदाहरण हुन्’अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना कुनै एक व्यक्तिको पीडा मात्र नभई आजका नेपाली युवाले भोगिरहेका बेरोजगारी, निराशा, अवसरको अभाव, सेवाप्रवाहमा देखिएका जटिलता तथा राज्यप्रतिको घट्दो विश्वासको प्रतीकका रूपमा लिन आवश्यक छ । ’
युवाले आफ्नो असन्तुष्टि र पीडालाई यति चरम अवस्थामा अभिव्यक्त गर्न बाध्य हुनु आफैँमा राज्य संयन्त्र, समाज र सरोकारवाला सबैका लागि गम्भीर विषय भएको युवासंघले जनाएको छ ।
‘घाइते गणेश नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै घटनाको यथार्थ छानबिन गरी युवालाई यस्तो अवस्थामा पुर्याउने कारणहरूको निष्पक्ष अनुसन्धान गरी सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गर्नुका साथै घाईतको सम्पूर्ण उपचारको जिम्मेवारी र क्षतिपूर्ति राज्यले वहन गर्न जोडदार माग गर्दछ’, युवा संघले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण