शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार

शुक्रबार, २६ असार २०८३, १० : ३९
शुक्रबार, २६ असार २०८३

सारांश

  • तनहुँको ब्यास नगरपालिका–३ मा झोलुङ्गे पुलबाट नदीमा हाम फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ ।
  • बिहीबार राति ८ बजेर ३० मिनेटमा चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीलाई नदीको बिच भागबाट अड्किएको अवस्थामा उद्धार गरिएको हो ।
  • डीएसपी द्वारिका घिमिरेको नेतृत्वमा प्रहरी र सेनाको टोलीले राति साढे ११ बजे उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ ।

काठमाडौँ । तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् ।

नदीको बिच भागबाट अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले रातोपाटीलाई बताए । डीएसपी घिमिरेको नेतृत्वमा २० जना प्रहरी र सेनाको काली भञ्जन गण चापाघाटबाट खटिएका डुङ्गा सहितका १० जना सैनिकले उनको उद्धार गरेका हुन् ।

राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको डीएसपी घिमिरेले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप