शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर

शुक्रबार, २६ असार २०८३, १३ : ४९
शुक्रबार, २६ असार २०८३

सारांश

  • नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपालीको मृत्यु राज्य असफल भएको प्रमाण भएको बताएका छन् ।
  • नेता महरले राज्यको नीतिका कारण आम नागरिक आत्मदाह गर्ने अवस्थामा पुगेको भन्दै पार्टीले यसका विरुद्ध सशक्त आवाज उठाउने बताए ।
  • उनले नागरिकमाथि कर थोपरेर राजश्व असुल्ने र गरिब सुकुम्वासीको ज्यान लिने नीतिको परिणाम गणेश नेपालीको मृत्युलाई लिन सकिने बताए ।

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपाली मृत्यु प्रकरण राज्य असफल भएको प्रमाण भएको बताएका छन् । शुक्रबार नेपालीको मृत्युपछि वीर अस्पताल पुगेका नेता महरले राज्यको नीतिका कारण आम नागरिक आत्मदाह गर्ने अवस्थामा पुगेको भन्दै यसका विरुद्ध पार्टीले सशक्त आवाज उठाउने बताए । 

राज्यले नागरिकको सुरक्षा गर्ने र सेवा दिने भन्दा पनि तह लगाउने, भय सिर्जना गर्ने, त्रसित बनाउने र अधिनायकवाद लादने काम गरेको छ’, महरले भने, ‘गणेश नेपाली मृत्युको जिम्मा सरकारले लिनुपर्छ ।’

नागरिकमाथि कर थोपरेर राजश्व असुल्ने र गरिब सुकुम्वासीको ढाड सेक्ने र ज्यान लिने नीतिको परिणाम गणेश नेपालीको मृत्युलाई लिन सकिने महरको भनाइ छ । उनले घटनापछि पनि सरकारी व्यवहार र नियत शङ्कास्पद भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप