हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरको बकैया गाउँपालिकामा पर्ने हात्तिसुँडे–शिखरपुर–अम्वास सडक आयोजनालाई 'प्रदेश प्राथमिकता प्राप्त आयोजना'का रूपमा छनोट गर्ने निर्णय गरेको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (अतिरिक्त लगानी) अन्तर्गत रणनीतिक महत्वको मानिएको उक्त सडकको स्तरोन्नतिका लागि निर्णय गरिएको हो ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक विकासमा सो सडकले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
उक्त सडकका लागि ५.९७७ हेक्टर वन क्षेत्रको प्रयोग र ८१ वटा रुख कटानका लागि नेपाल सरकारबाट यसअघि नै स्वीकृति प्राप्त भइसकेकाले सो कार्यको सहजताका लागि प्रदेश प्राथमिकता प्राप्त आयोजनाका रूपमा छनौट गरिएको उनले बताए ।
शुक्रबार बसेको बैठकले सामाजिक विकासका क्षेत्रमा महत्त्वपूर्ण कदम चाल्दै बैठकले ‘बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति तथा कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ भने प्रदेशभित्रका दलित समुदायको सशक्तीकरणका लागि आवश्यक व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरिएको छ ।
स्थानीय सेवा सुधार: स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनका लागि विधेयकको मस्यौदा परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय भएको छ भने सहकारी ऐन संशोधन: प्रदेश सहकारी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिइएको छ ।
बैठकले औद्योगिक नियमावली: प्रदेश औद्योगिक व्यवसाय नियमावली, २०८३ लाई बैठकले स्वीकृत गरेको छ । व्यापार तथा व्यवसाय: प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ को अनुसूची हेरफेर गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण