लाउटारोको गोलसँगै अर्जेन्टिनालाई ३–१ को बलियो अग्रता
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा गोल थप्दै ३–१ को अग्रता बनाएको छ।
- अतिरिक्त समयको इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित लगभग सुनिश्चित गरेका हुन्।
- निर्धारित समयमा म्याक एलिस्टरले गोल गरे पनि स्विट्जरल्यान्डका ड्यान एन्डोयेले बराबरी गोल फर्काएका थिए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयको अन्तिम क्षणमा अर्को गोल थप्दै ३–१ को बलियो अग्रता बनाएको छ।
अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलमा अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा ९१२०ं१ औँ मिनेट० लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित लगभग सुनिश्चित गरेका हुन्। जुलियो लोपेजको पासमा उनले टोलीका लागि तेस्रो गोल गरे।
यसअघि अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए। निर्धारित समयमा अर्जेन्टिनाका लागि १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले कप्तान लियोनेल मेस्सीको असिस्टमा गोल गरेका थिए भने स्विट्जरल्यान्डका ड्यान एन्डोयेले ६७औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।
स्विट्जरल्यान्ड ७२औँ मिनेटदेखि ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि अतिरिक्त समयमा संख्यात्मक फाइदा उठाएको अर्जेन्टिनाले लगातार दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
अब खेल अन्त्य हुन केही क्षण मात्र बाँकी रहँदा अर्जेन्टिना सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट सुनिश्चित गर्ने अवस्थामा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण