स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, इंग्ल्यान्डसँग भेट पक्का
सारांश
- साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।
- क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो।
- यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट पक्का गरेको छ।
काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको हो।
अमेरिकाको क्यान्सस सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट असिस्टमा म्याक एलिस्टरले गोल गरेका थिए।

तर दोस्रो हाफको ६७औँ मिनेटमा ड्यान एन्डोयेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए। त्यसको पाँच मिनेटपछि स्विट्जरल्यान्डका ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदानबाट बाहिरिए, जसपछि स्विस टोली १० खेलाडीमा सीमित भयो।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए भने इन्जुरी समयको पहिलो मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित पक्का गरे।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग भेट पक्का गरेको छ। उक्त खेल नेपाली समयअनुसार बुधबार राति हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्वराजाको निधन
-
जोर्डनको हवाई अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको इरानको दाबी
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण