आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

आइतबार, २८ असार २०८३, १२ : २४
आइतबार, २८ असार २०८३

सारांश

  • रास्वपा नेता बालेन्द्र (बालेन) सरकारविरुद्ध काठमाडौँको माइतीघरमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्रदर्शन गरेका छन् ।
  • उनीहरुले सरकारले ७८ दिनसम्म सुकुम्वासी व्यवस्थापन गर्न नसकेको र गैरन्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
  • सरकारले ७८ दिनअघि थापाथलीलगायतका स्थानबाट सुकुमबासीहरुलाई होल्डिङ सेन्टरमा राखेपनि स्थायी बन्दोबस्त नगर्दा पीडितहरू थप पीडामा परेका छन् ।

काठमाडौँ । रास्वपा नेता बालेन्द्र (बालेन) सरकारविरुद्ध काठमाडौँको माइतीघरमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले ७८ दिनसम्म सुकुमबासी व्यवस्थापन गर्न नसकेको, गैरन्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीले ‘दमन होइन न्याय दे’, अभियान्तामाथिको दम बन्द गर, होइन भने होस् गर’ जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । 

सरकारले ७८ दिनअघि काठमाडौँको थापाथलीलगायतका स्थानबाट सुकुमबासीहरुलाई होल्डिङ सेन्टरमा राखेपनि स्थायी बन्दोबस्त गरेको छैन । जसका कारण पीडितहरू थप पीडा भोग्न बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप