पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
सारांश
- मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउने सरकारले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिएको भन्दै आलोचना गरेका छन्।
- प्रसाईँले राष्ट्रनिर्मातालाई अपमान गर्ने र विदेशी शरणार्थीलाई प्रश्रय दिने सरकारी नीतिका कारण मुलुकको अस्मिता खतरामा परेको आरोप लगाएका छन्।
- उनले बैंकको चर्को ब्याज, ट्राफिक जरिवाना र सुकुम्बासीको उठिबासले सर्वसाधारणको बाँच्ने अधिकार खोसिएको भन्दै दशैँसम्ममा व्यवस्थाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउने वर्तमान व्यवस्थाले विदेशीको इसारामा दलाई लामाको जन्मजयन्ती मनाउन भने अनुमति दिएको भन्दै कडा आलोचना गरेका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले सरकार र वर्तमान राजनीतिक प्रणालीले राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए । उनले देश निर्माण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने तर विदेशी शरणार्थी र बाह्य पात्रहरूलाई प्रश्रय दिने सरकारी नीतिले मुलुकको अस्मिता खतरामा परेको टिप्पणी गरे।
‘नेपाल राष्ट्र बनाउने राजा पृथ्वीनारायण शाहको फोटोमा थुक्ने र झण्डा जलाउनेहरूलाई कारबाही हुँदैन, तर राष्ट्रिय पहिचानको कुरा गर्नेलाई दबाउन खोजिन्छ,’ प्रसाईँले भने, ‘काठमाडौँमा दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिने यो सरकारले आफ्नै देशका सुकुम्बासी र गरिबलाई भने उठिबास लगाइरहेको छ।’
प्रसाईँले काठमाडौँका विभिन्न स्थानमा तिब्बती र रोहिंग्या शरणार्थीहरूले आश्रय पाइरहेको तर नेपाली नागरिकहरू भने आफ्नै भूमिमा सुकुम्बासी भएर खोलाका किनारबाट लखेटिनु परेको भन्दै आक्रोश व्यक्त गरे। उनले थपे, ‘हाम्रो देशमा विदेशीले शरण पाउने तर नेपालीले चाहिँ खोलाको डिलमा पनि बास नपाउने कस्तो विडम्बना हो ?
पत्रकार सम्मेलनमा उनले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज र ट्राफिक जरिवानाका नाममा भइरहेको असुलीले सर्वसाधारणको बाँच्ने अधिकार खोसिएको बताए। हालै ट्राफिक जरिवाना तिर्न नसकेर आत्महत्या गरेका भनिएका गणेश नेपालीको प्रसङ्ग जोड्दै उनले सरकारले गरिबलाई मर्न बाध्य पारेको दाबी गरे।
उनले आफूलाई सरकारले ‘नजरबन्द’ मा राखेर जनताको आवाज दबाउन खोजेको भन्दै आगामी दशैँसम्ममा यो व्यवस्था विरुद्ध सशक्त आन्दोलन छेड्ने चेतावनी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण