युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् ।
“जेलेन्स्कीले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिइसक्नुभएको छैन र परिवर्तनको कारण पनि खुलाउनुभएको छैन,” जेलेन्स्कीले एक्समा लेखेका छन् ।
उनले भने, “म स्विरिडेन्कोलाई प्रधानमन्त्रीको रूपमा उहाँको स्पष्ट, स्थिर र प्रभावकारी कामको लागि, युक्रेनको टोलीमा उहाँको वर्षौंको उत्पादक सेवा र मुख्य साझेदारसँगको नयाँ तथा महत्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर प्रस्ताव गरेको छु ।”
उनले थप भने, “म आशा गर्दछु,सांसदहरूसँग मिलेर हामी युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्नेछौँ। कानून प्रवर्तन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुनेछ ।”
जेलेन्स्कीले गत वर्ष स्विरिडेन्कोलाई प्रधानमन्त्रीको पदमा नियुक्त गरेका थिए । एक्समा जारी विज्ञप्तिमा जेलेन्स्कीले युक्रेनले गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू उल्लेख गरेका छन् । यसमध्ये युरोपेली सङ्घमा सामेल हुने प्रगति र सीमा क्षेत्रलाई बलियो बनाउने उल्लेख छ ।
उनले विदेश नीतिका विभिन्न क्षेत्रहरू व्यवस्थापन गर्न फरक–फरक व्यक्तिहरूलाई जिम्मेवारी दिने योजना बनाएको पनि बताए । “हामीले यी परिवर्तनहरूका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठान्दै यसलाई पुर्नगठन गरेका छौँ,” जेलेन्स्कीले थप स्पष्ट पार्दै भने ।
मन्त्रिपरिषद् पुनर्गठनका लागि संसदको अनुमति आवश्यक पर्छ। तर रूसको आक्रमणपछि सांसदहरू ठूलो रूपमा जेलेन्स्कीको वरिपरि गोलबद्ध भएका छन् र सामान्यतया उनको एजेन्डालाई रोक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण