सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्‍यो: राष्ट्रपति ट्रम्प

आइतबार, २८ असार २०८३, २२ : ५५
आइतबार, २८ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको नजिक पुगेका बेला इरानले जहाजमाथि ड्रोन आक्रमण गरेको बताएका छन् ।
  • ट्रम्पका अनुसार इरानी अधिकारीहरू सम्झौताका लागि लगभग तयार भइसकेका थिए ।
  • यसको जवाफमा अमेरिकाले इरानका १४० सैन्य ठेगानाहरूमा आक्रमण गरेको दाबी गरिएको छ ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको बताएका छन् ।

सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरू (इरान) लगभग हाम्रा सबै कुरा मान्न तयार भइसकेका थिए, तर त्यसको ठीक दुई घण्टापछि उनीहरूले एउटा जहाजमाथि ड्रोन आक्रमण गरे ।’

इरानी अधिकारीहरूको आलोचना गर्दै ट्रम्पले थपे, ‘यी मानिसहरूमा केही न केही समस्या छ ।’

इरानको उक्त कदमको जवाफमा अमेरिकाले गरेको कारबाहीबारे उल्लेख गर्दै ट्रम्पले भने, ‘हामीले उनीहरूमाथि निकै कडा प्रहार गर्‍यौँ।’

यसअघि अमेरिकाले हर्मुज स्ट्रेटमा एक व्यापारिक जहाजमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले गरेको आक्रमणको जवाफमा इरानका ‘१४० सैन्य ठेगानाहरू’मा आक्रमण गरेको दाबी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप