योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
सारांश
- अर्थ समितिका सदस्यहरूले राष्ट्रिय योजना आयोगलाई राष्ट्रिय गौरवका आयोजनाको प्रगतिमा जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
- सांसद सागर भुसालले राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगतिको जिम्मा आयोगले लिन्छ कि लिँदैन भन्ने प्रश्न गरेका छन् ।
- सांसदहरूले मध्य पहाडी राजमार्गको गुणस्तर र अनावश्यक नागबेलीले यातायात लागत महँगो पर्ने अवस्था रहेको बताएका छन् ।
काठमाडौँ । अर्थ समितिका सदस्यहरूले राष्ट्रिय योजना आयोग राष्ट्रिय गौरवका आयोजनाको प्रगतिमा जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
अर्थ समितिको बैठकमा उनीहरूले आयोगले अनुगमन गर्ने मात्रै नभई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।
सांसद सागर भुसालले राष्ट्रिय गौरवका आयोजनाको लज्जास्पद प्रगतिको जिम्मा आयोगले लिन्छ कि लिँदैन भन्ने प्रश्न गरे । उनले आयोगले अनुगमन मात्रै गर्ने तर अवस्था चाहिँ जस्तो छ त्यस्तै हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
‘तपाईँहरू अनुगमनमा त जानुभयो, तर कम काम भएकोमा कसलाई कति पटक कारबाहीको सिफारिस गर्नुभयो?,’ उनले भने, ‘यो जिम्मा कसको हो ?’
सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको दीर्घकालीन प्रयोजनको लागि गुणस्तर कायम समेत नभएको बताए । मध्य पहाडी राजमार्ग अनावश्यक रूपमा नागबेली बनाएका कारण यसले लागत यातायात लागत महँगो पर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
-
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
-
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
-
पुरुषले धान्दै आएको पेसामा पौरख बढाउँदै सन्ध्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण