मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

मङ्गलबार, ३० असार २०८३, ०८ : १०
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ ।  कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए । 

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । 

मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् ।

आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए ।

विवेकले रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे । विद्यालय प्रशासनले विवेकको ठाउँमा अर्का एक जनालाई नियुक्त गर्‍यो । सोही कारण उनी विगत एक वर्षदेखि बेरोजगार भएर बसेका थिए । 

विवेककी भाउजू शान्तिदेवी मण्डलले भनिन,‘एक वर्षदेखि घरमै बस्नुभएको थियो । मानसिक तनाव लिन थाल्नुभएको थियो । एक्कासी शुक्रबार दिउँसो १२ बजेतिर सिसौटिया बजारचोकमा आत्मदाहको प्रयास गर्नुभयो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप