आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
सारांश
- विश्वकप उपाधिबाट दुई खेल टाढा रहेका अर्जेन्टिना, इंग्ल्यान्ड, फ्रान्स र स्पेनको प्रदर्शन, विशेषता र तथ्याङ्कको तुलना गरिएको छ ।
- सर्वाधिक १७ गोल गरेको अर्जेन्टिना अवसरलाई गोलमा परिणत गर्न सबैभन्दा प्रभावकारी टोली हो, भने फ्रान्स आक्रमणमा सबैभन्दा प्रभावशाली देखिएको छ ।
- रक्षात्मक पक्षमा स्पेन सबैभन्दा मजबुत छ, जसले प्रतियोगितामा पहिलो गोल क्वार्टरफाइनलमा खाएको थियो, भने इंग्ल्यान्डले विपक्षीलाई सबैभन्दा धेरै अवसर दिएको छ ।
काठमाडौँ । अर्जेन्टिना, इंग्ल्याण्ड, फ्रान्स र स्पेन अब विश्वकप उपाधिबाट केवल दुई खेल टाढा छन् । त्यसैले, अहिलेसम्मका प्रदर्शनका आधारमा यी चार सेमिफाइनलिस्टमध्ये कसले यस हप्ताको अन्त्यमा विश्वकप उचाल्न सक्छ भन्ने अनुमान गर्न उनीहरूको विशेषता र तथ्याङ्क तुलना गरिएको छ ।
चारै टोलीले समान रूपमा ६ खेल खेले पनि अर्जेन्टिना, फ्रान्स र स्पेनले अतिरिक्त समयमा पुगेका खेलका कारण फरक–फरक समय मैदानमा बिताएका छन् । अर्जेन्टिनाले फ्रान्स र स्पेनभन्दा एक घण्टा तथा इंग्ल्याण्डभन्दा आधा घण्टा बढी खेलेको छ । त्यसैले तथ्याङ्कलाई निष्पक्ष बनाउन खेल समयलाई पनि गणनामा समावेश गरिएको छ ।
यद्यपि साविक विजेता अर्जेन्टिनाले सबैभन्दा धेरै १७ गोल गरेको छ । दुई पटकको विश्वविजेता फ्रान्स आक्रमणमा समग्र रूपमा सबैभन्दा प्रभावशाली टोली देखिएको छ । फ्रान्सले प्रति ९० मिनेट सबैभन्दा धेरै गोल, संयुक्त रूपमा सबैभन्दा धेरै प्रहार तथा सबैभन्दा उच्च एक्सपेक्टेड गोल (एक्स–जी) औसत निकालेको छ ।
दक्षिण अमेरिकी टोली अर्जेन्टिना भने अवसरलाई गोलमा परिणत गर्ने मामिलामा सबैभन्दा प्रभावकारी टोली बनेको छ । उसले सिर्जना गरेका अवसरमध्ये १८ प्रतिशतलाई गोलमा परिणत गरेको छ । यसको ठिक विपरीत अवस्था युरोपेली च्याम्पियन स्पेन छ । स्पेनले सेमिफाइनल प्रतिद्वन्द्वी फ्रान्ससरह ११० प्रहार गरेको भए पनि फ्रान्सले १६ गोल गर्दा स्पेनले केवल ११ गोलमात्र गर्न सकेको छ । अर्थात् फ्रान्सको तुलनामा स्पेनले औसतमा प्रतिखेल लगभग एक गोल कम गरेको छ ।
प्रहारको सङ्ख्या र गुणस्तर दुवैलाई आधार मान्दा इंग्ल्याण्ड अन्य तीन टोलीभन्दा कम सिर्जनात्मक देखिएको छ, तर जुड बेलिङ्घम र ह्यारी केनको उत्कृष्ट फिनिसिङका कारण इंग्ल्याण्डले पनि प्रतिखेल दुईभन्दा बढी गोल गर्न सफल भएको छ ।
रक्षात्मक पक्षमा स्पेन सबैभन्दा मजबुत टोली सावित भएको छ । उसले प्रतियोगितामा पहिलो गोल बेल्जियमविरुद्धको क्वार्टरफाइनलमा खाएको थियो । यद्यपि फ्रान्सले पनि ६ खेलमा जम्मा दुई गोलमात्र बेहोरेको छ ।

फ्रान्सको आक्रमण निकै खतरनाक देखिएकाले मंगलबार हुने सेमिफाइनलमा फ्रान्सको रोक्नै नसकिने आक्रमण बलियो हुन्छ कि स्पेनको अभेद्य डिफेन्स, त्यो हेर्न रोचक हुनेछ ।
अर्को सेमिफाइनल अर्थात् इंग्ल्याण्ड र अर्जेन्टिनाबिच भने बढी गोल हुने सम्भावना देखिन्छ, किनकि यी दुई टोलीमध्ये कुनै पनि रक्षामा फ्रान्स वा स्पेनजति प्रभावशाली देखिएका छैनन् । दुवै टोलीले हालसम्म ६–६ गोल बेहोरेका छन् । इंग्ल्याण्डले विपक्षीलाई सबैभन्दा धेरै अवसर दिएको छ भने अर्जेन्टिनाले ती अवसर रोक्ने मामिलामा बाँकी टोलीभन्दा कमजोर प्रदर्शन गरेको छ ।
अर्जेन्टिनाले प्रतियोगिताभर सबैभन्दा धेरै ७०६.५ किलोमिटर दुरी दौडिएको छ, तर यसको मुख्य कारण उसले अन्य टोलीभन्दा बढी समय मैदानमा बिताउनु हो ।

प्रति ९० मिनेटको हिसाब गर्दा भने अर्जेन्टिनाले अन्तिम चार टोलीमध्ये सबैभन्दा कम दुरी दौडिएको छ र सबैभन्दा कम स्प्रिन्ट गरेको छ । वास्तवमा उसले खेलेका प्रत्येक खेलमा विपक्षी टोलीले अर्जेन्टिनाभन्दा बढी दौडिएका छन् ।
त्यसैले साविक विजेता अर्जेन्टिना विपक्षीमाथि उच्च क्षेत्रमा दबाब (प्रेसिङ) सिर्जना गर्ने मामिलामा पनि सबैभन्दा कम आक्रामक टोली बनेको छ । उसले इंग्ल्याण्ड, फ्रान्स र स्पेनको तुलनामा विपक्षीको क्षेत्रमा कम पटक बल खोसेको छ ।

यसको विपरीत स्पेन अन्तिम चार टोलीमध्ये सबैभन्दा बढी मेहनत गर्ने टोली बनेको छ । उसले सबैभन्दा धेरै दौडिएको, सबैभन्दा धेरै स्प्रिन्ट गरेको तथा सबैभन्दा बढी प्रेसिङ गरेको छ ।
लुइस दे ला फुएन्तेको टोलीले प्रतियोगिताभर ६६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको छ, जुन सेमिफाइनलिस्टहरू मात्र होइन, यस विश्वकपकै सबैभन्दा उच्च औसत हो । पास सफलताको हिसाबमा पनि स्पेन र अर्जेन्टिना दुवैको सफलता दर ९०.४ प्रतिशत छ । यद्यपि अन्तिम चार टोली नै उत्कृष्ट पासिङ गर्ने टोलीका रूपमा देखिएका छन् ।

इंग्ल्याण्डका डिफेन्डरहरू अर्जेन्टिनाका थ्रु बल रोक्न निकै सतर्क हुनुपर्नेछ, विशेषगरी कप्तान लियोनेल मेस्सीबाट । मेस्सीले यस विश्वकपमा अरू कुनै पनि खेलाडीभन्दा बढी पटक आफ्ना टोलीका साथीलाई थ्रु बल दिएका छन् । उनले हालसम्म १५ पटक यस्तो पास उपलब्ध गराइसकेका छन् । तर इंग्ल्याण्डसँग पनि अर्जेन्टिनाको रक्षाका लागि ठुलो चुनौती छ ।
थोमस टुचेलको टोलीले खुला खेलमा दिएको क्रस अन्तिम चार टोलीमध्ये सबैभन्दा सफल रहेको छ । इंग्ल्याण्डको प्रत्येक चार क्रसमध्ये एउटा आफ्नै खेलाडीसम्म पुगेको छ । यसैले प्रतियोगितामा इंग्ल्याण्डले संयुक्त रूपमा सबैभन्दा धेरै चार हेडर गोल गरेको छ भने सबैभन्दा धेरै २४ हेडर प्रहार पनि गरेको छ ।
अर्जेन्टिनाको हवाई द्वन्द्व (एरियल डुअल) जित्ने सफलता दर अन्तिम चार टोलीमध्ये सबैभन्दा कमजोर भएकाले इंग्ल्याण्डका लागि यो उत्साहजनक तथ्य हुन सक्छ । साथै, समग्र ५०–५० बल जित्ने सफलता दर भने इंग्ल्याण्डकै सबैभन्दा राम्रो छ, यद्यपि अन्तर धेरै ठुलो छैन ।
यस विश्वकपमा केवल दुई खेलाडीले मात्र लियोनेल मेस्सीभन्दा बढी सफल ड्रिब्ल गरेका छन्, तर अर्जेन्टिनाका अन्य खेलाडीहरूले भने व्यक्तिगत रूपमा विपक्षीलाई छल्दै अघि बढ्ने प्रयास निकै कम गरेका छन् ।
यसको विपरीत स्पेनले फ्रान्सको अग्रपंक्तिलाई लगातार बलसहित दौडेर चुनौती दिने शैलीका लागि तयार रहनुपर्नेछ । फ्रान्सका आक्रमणकारीहरूले प्रतियोगिताभर यही शैली अपनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण