यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
मङ्गलबार, ३० असार २०८३, १३ : ५८
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए)का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले सोमबार परराष्ट्र मन्त्रालयमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
ओहोदाको प्रमाणपत्र पेस गरेपछि प्रतिनिधि हरिदासले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए। त्यस अवसरमा दुवै पक्षबीच नेपाल र यूएनएफपिएबीचको लामो समयदेखिको साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालको जनसंख्याको अवस्था, जनसांख्यिकीय लाभ, युवा तथा ज्येष्ठ नागरिकका सवाल, सहयोगका क्षेत्र र आगामी प्राथमिकताबारे पनि कुराकानी भएको थियो।
परराष्ट्रमन्त्री खनालले नेपाललाई यूएनएफपिएले निरन्तर पुर्याउँदै आएको सहयोगको सराहना गर्दै प्रतिनिधि हरिदासलाई नेपालमा सफल कार्यकालको शुभकामना दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण