मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयको विकास योजना र बजेट विनियोजनको शैलीको प्रशंसा गरेकी छन्।
- सांसद मगरले मन्त्री सुनिल लम्सालले दुर्गम र पहाडी भेगलाई लक्षित गरी योजना बनाएको र आफ्नो निर्वाचन क्षेत्रमा बजेट नपरे पनि आफू प्रभावित भएको बताइन्।
- मन्त्रालयले राष्ट्रिय राजमार्ग, पालिका र जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई दुई लेनको बनाउने, पर्यटन र कृषि राजमार्ग निर्माण गर्ने तथा वडा तहसम्म सडक पुर्याउने लक्ष्य राखेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पूर्वाधार मन्त्रालयले अघि सारेका विकासका योजना र बजेट विनियोजनको नयाँ शैलीको प्रशंसा गरेकी छन्।
पूर्वाधारमन्त्री सुनिल लम्सालसँगको भेटपछि मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रानाले देशको समग्र कनेक्टिभिटी र रणनीतिक सडक सञ्जालका लागि तयार पारिएको योजना ‘अचम्मको’ रहेको बताएकी हुन्।
अविरल वर्षाका कारण पूर्वी नेपालका बिरिङ, ट्याङटिङ र माई खोला लगायतका क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भएको र सडक सञ्जाल अवरुद्ध भएको भन्दै सांसद राना मंगलबार बिहान ८ बजे नै मन्त्री लम्साललाई भेट्न मन्त्रालय पुगेकी थिइन्। विशेषगरी कोशी र कर्णाली प्रदेशमा पुल भत्किएर सवारी साधन तथा बिरामीहरू मारमा परेको उल्लेख गर्दै उनले ती क्षेत्रमा तत्काल पहुँच पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्।
विगतमा प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रचलन रहेको भन्दै सांसद रानाले यस पटकको योजनामा त्यस्तो विभेद नदेखेको दाबी गरिन्। मन्त्रीसँगको भेटबारे जानकारी दिँदै उनले भनिन्, ‘मन्त्रीज्यूले आफ्नै क्षेत्रलाई समेत प्राथमिकतामा नराखी दुर्गम र पहाडी भेगलाई लक्षित गरी योजना बनाउनुभएको रहेछ।’ मेरो निर्वाचन क्षेत्रमा बजेट नपरे पनि उनको यो वृहत् योजना देखेर आफू प्रभावित भएको उनले बताइन्। कनेक्टिभिटी नै देश विकासको मेरुदण्ड रहेको उल्लेख गर्दै उनले थपिन्, ‘यसले हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र राजस्व वृद्धिमा प्रत्यक्ष सहयोग पुर्याउनेछ।’
मन्त्रालयले राष्ट्रिय राजमार्ग, पालिका र जिल्ला सदरमुकाम जोड्ने सडकहरूलाई दुई लेनको बनाउने, पर्यटन र कृषि राजमार्ग निर्माण गर्ने तथा वडा तहसम्म सडक पुर्याउने लक्ष्य राखेको उनले जानकारी दिइन्। यस्तै सहरी क्षेत्रका पालिकाहरूमा १०० करोडभन्दा बढीको बजेट व्यवस्था र व्यवस्थित बस्ती विकासका योजनाहरू समेत समावेश गरिएको उनले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण