सामान्य प्रशासन मन्त्रालयले सोध्यो सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिने स्पष्टीकरण
सारांश
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
- सहसचिव राना २०७९ माघ ११ गतेदेखि लगातार ९० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराई अनुपस्थित रहेका छन्।
- तोकिएको १५ दिनभित्र सन्तोषजनक स्पष्टीकरण पेस नगरेमा विभागीय सजाय तथा कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिना सूचना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिनभित्र स्पष्टीकरण (सफाई) पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उनलाई आफ्नो अनुपस्थितिको उचित कारणसहित सफाई पेस गर्न निर्देशन दिएको हो ।
मन्त्रालयद्वारा जारी सूचना अनुसार नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव राना आफ्नो पदाधिकार रहेको अतिरिक्त समूहअन्तर्गतको मन्त्रालयमा मिति २०७९ माघ ११ गतेदेखि लगातार ९० दिनभन्दा बढी समयदेखि बिदा स्वीकृत नगराई अनुपस्थित रहेका छन्।
लामो समयसम्म बिना बिदा कार्यालयमा अनुपस्थित रहेका सहसचिव रानालाई निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) बमोजिमको कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम विभागीय सजाय किन नगर्ने भनी मन्त्रालयले स्पष्टीकरण सोधेको छ।
निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम उचित आधार र कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले तोकिएको १५ दिनको अवधिभित्र सन्तोषजनक स्पष्टीकरण पेस नगरेमा निजामती सेवा ऐन र नियमावलीको व्यवस्था बमोजिम विभागीय सजाय तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउने ब्यहोरा सूचनामा उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण