मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका

मङ्गलबार, ३० असार २०८३, १७ : २१
मङ्गलबार, ३० असार २०८३

वासिङटन डीसी । इरानसँगको युद्धका क्रममा ठुलो परिमाणमा क्षेप्यास्त्र प्रयोग गरेपछि अमेरिकाको महत्त्वपूर्ण हतियार भण्डार घट्ने जोखिम बढेको एक रक्षाविज्ञले चेतावनी दिएका छन् ।

अमेरिकी बौद्धिक समूह सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका रक्षा विश्लेषक तथा सेवानिवृत्त मरीन कर्प्स कर्नेल मार्क क्यान्सियनका अनुसार इरान युद्धमा अमेरिकाले आफ्ना प्रमुख क्षेप्यास्त्र भण्डारको करिब एकतिहाइदेखि आधासम्म प्रयोग गरिसकेको हुन सक्छ । 

उनले युद्धको प्रारम्भिक चरणमा अमेरिकाले लामो दूरीका सटीक आक्रमण र शत्रुपक्षका मिसाइल तथा ड्रोन रोक्न हजारौं क्षेप्यास्त्र प्रयोग गरेको बताए ।

क्यान्सियनका अनुसार अमेरिकाले हालको युद्धमा एक हजारभन्दा बढी प्याट्रियट अवरोधक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । खाडी क्षेत्रका अमेरिकी साझेदार राष्ट्रहरूले पनि ठुलो संख्यामा यस्ता क्षेप्यास्त्र प्रयोग गरेका छन् भने युक्रेनले समेत थप प्याट्रियट प्रणालीको माग गरिरहेको छ । यसले उत्पादनमाथि अत्यधिक दबाब सिर्जना गरेको उनको भनाइ छ ।

प्याट्रियट अमेरिकी सेनाको प्रमुख हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो, जसमा प्रक्षेपण यन्त्र, राडार र अवरोधक क्षेप्यास्त्र समावेश हुन्छन् । अमेरिकी रक्षा विभागका अनुसार एउटा प्याट्रियट प्रणालीको लागत एक अर्ब अमेरिकी डलरभन्दा बढी पर्छ भने वार्षिक करिब ६०० वटा अवरोधक क्षेप्यास्त्र मात्र उत्पादन हुने गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप