महिलाका लागि धनाढ्य प्रेमी खोज्न सकेन डेटिङ एजेन्सी, २३ लाख जरिवाना तिर्नुपर्यो
लण्डनकी एक सम्बन्धविच्छेद भइसकेकी महिला निकै अघिदेखि धनाढ्य प्रेमीको खोजीमा थिइन् । यसका लागि महिलाले एक चर्चित डेटिङ कम्पनी सेभेन्टी थर्टीको महँगो सदस्यता लिइन् । धेरै समय कुरिसकेपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले हाइकोर्टमा मुद्दा दर्ता गरेर क्षतीपूर्ती पाएकी छिन् । गत बुधबार अदालतले उक्त डेटिङ कम्पनीलाई धोका दिएको र सही जानकारी नदिएको भन्दै १८ हजार एक सय यूरो अर्थात् २३ लाख रुपैयाँ क्षतीपूर्ती दिन निर्देशन दिएको छ ।
चेल्सीमा बस्ने टेरेजा बुर्की, ४७, तीन सन्तानकी आमा हुन् । उनले सन् २०१३ मा नाइटब्रिज (सेन्ट्रल लण्डन) स्थित डेटिङ कम्पनी सेवेन्टी–थर्टीको प्रिमियर सदस्यता लिएकी थिइन् । यसका लागि उनले १२ हजार ६ सय युरो लगभग साढे १४ लाख कम्पनीलाई दिइन् । टेरेजाले धनाढ्य र विदेशको यात्रा गर्न रुचाउनेलाई पार्टनरको रुपमा छान्नका लागि कम्पनीलाई जानकारी दिएकी थिइन् । साथै, चौथो सन्तानको योजना बनाएको बारे पनि जानकारी दिइन् ।
एजेन्सीको दाबी गलत निस्कियोः
हाइकोर्टका अनुसार एजेन्सीका तत्कालीन प्रबन्ध निर्देशक लेमार्क थोमसले आफ्नो वेबसाइटमा असिमित म्याच मेकिङ र धेरै पुरुषको सक्रियता भएको दाबी गरेका थिए जुन गलत साबित भयो ।
‘वास्तवमा यस्तो थिएन । वेबसाइटमा सयवटा मात्र प्रोफाइल थिए जुन टेरेजाले सोचेजस्ता थिएनन् । सयवटा प्रोफाइललाई असिमित भन्न मिल्दैन ’ न्यायाधिसले भने ।
पीडितले मागिन् क्षतीपूर्तीः
टेरेजाले सदस्यता दर्ताको पूरा रकम फिर्ता मागेकी छिन् । यसका साथै डेटिङ कम्पनीका कारण उनले विभिन्न मानसिक समस्या झेलेको भन्दै यसको क्षतीपूर्ती माग गरेकी छिन् ।
एजेन्सीकी संस्थापक र निर्देशक सूसी एम्ब्रोसले महिलाको माग सपनाजस्तै भएको बताउँदै त्यसलाई पूरा गर्न महिलालाई कतिवटा प्रोफाइल देखाउनु पर्दथ्यो भनेर प्रतिप्रश्न गरेकी छिन् ।
अदालतले महिलाको सदस्यताका लागि १२ हजार ६ सय यूरो र क्षतीपूर्ती सहित पाँच सय यूरो उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण