बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ

बुधबार, ३१ असार २०८३, १० : ११
बुधबार, ३१ असार २०८३

सारांश

  • नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामीलगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
  • मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
  • पक्राउ परेका विद्यार्थी नेताहरूको विनाशर्त रिहाइको माग अनेरास्ववियुले गरेको छ ।

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार काठमाडौँका मिडियाको गेट र सडकमा शंकास्पद पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा अध्यक्ष धामीलगायतका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियुका नेता गोपाल नेपालले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष धामी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जित प्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा र सिरिस बुढा रहेका छन् । 

पक्राउ विद्यार्थी नेताहरूलाई विनाशर्त रिहा गर्न अनेरास्ववियुले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप