बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग

बुधबार, ३१ असार २०८३, १४ : २०
बुधबार, ३१ असार २०८३

सारांश

  • राष्ट्रिय युवा सङ्घ नेपालले अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतलाई अविलम्ब विना सर्त रिहाइ गर्न माग गरेको छ ।
  • युवा सङ्घले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेतृत्वमाथि गरिएको गिरफ्तारीले सरकार जनताको आवाज सुन्ने क्षमता गुमाउँदै गएको र असहमतिलाई नै अपराधका रूपमा व्याख्या गर्ने मानसिकतामा पुगेको स्पष्ट देखाएको बताएको छ ।
  • युवा सङ्घले सरकारले जनआकाङ्क्षा, युवाको भविष्य र लोकतान्त्रिक मूल्य–मान्यताप्रति उदासीन रहेमा उत्पन्न हुने असन्तुष्टि र जनदबाबको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतलाई अविलम्ब विना सर्त रिहाइ गर्न माग गरेको छ । धामीलगायत अनेरास्ववियुका ६ जना नेताहरूलाई प्रहरीले सिंहदरबार दक्षिण गेटमा प्रदर्शनका क्रममा पक्राउ गरेको थियो ।

युवा सङ्घले शान्तिपूर्ण आन्दोलनमा सहभागी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीलगायत विद्यार्थी नेतृत्वमाथि गरिएको गिरफ्तारीले सरकार जनताको आवाज सुन्ने क्षमता गुमाउँदै गएको र असहमतिलाई नै अपराधका रूपमा व्याख्या गर्ने मानसिकतामा पुगेको स्पष्ट देखाएको पनि बताएको छ । 

‘लोकतन्त्रमा सरकारको शक्ति नागरिकलाई मौन बनाउने अधिकारबाट होइन, नागरिकको विश्वासबाट प्राप्त हुन्छ । तर पछिल्ला दिनहरूमा राज्यका निकायहरूको व्यवहार हेर्दा सरकार आफ्नै नागरिकसँग संवाद गर्नुभन्दा शक्ति प्रदर्शनमार्फत भयको वातावरण निर्माण गर्न बढी केन्द्रित देखिन्छ’, युवा सङ्घका अध्यक्ष महाराज गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

युवा सङ्घले सरकार जनआकाङ्क्षा, युवाको भविष्य र लोकतान्त्रिक मूल्य–मान्यताप्रति यस्तै उदासीन रहिरहने हो भने त्यसबाट उत्पन्न हुने असन्तुष्टि र जनदबाबको सम्पूर्ण राजनीतिक तथा नैतिक जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

732365448_1704056881259545_4478571140932650726_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप