पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
बुधबार, ३१ असार २०८३, १७ : २९
सारांश
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल सरकारको निर्णयअनुसार आफ्नो सम्पत्ति विवरण केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा बुझाएका छन् ।
- पारदर्शिता, जबाफदेहिता र सुशासनप्रतिको प्रतिबद्धता व्यक्त गर्दै भट्टराईले आवश्यक विवरण आयोगसमक्ष पेस गरेका हुन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सम्पत्ति विवरण बुझाएका छन् । नेपाल सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेको निर्णयअनुसार पूर्वप्रधानमन्त्री डा.भट्टराईले बुधबार केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालय पुगेर आफ्नो सम्पत्ति विवरण बुझाएको उनको सचिवालयले जनाएको छ ।
‘पारदर्शिता, जबाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप उहाँले आवश्यक विवरण आयोगसमक्ष पेस गर्नुभएको हो’, सचिवालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण