बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राताेपाटी फलाेअप

रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज

बुधबार, ३१ असार २०८३, २० : २३
बुधबार, ३१ असार २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयबाट डिग्री लिएका १ सय १४ नेपाली विद्यार्थीको समकक्षता खारेज गरेको छ ।
  • भारतको संघाई र सीएमजे विश्वविद्यालय, टेक्नो ग्लोबल विश्वविद्यालय र प्रज्ञान अन्तराष्ट्रिय विश्वविद्यालयबाट डिग्री हासिल गरेका विद्यार्थीहरूको समकक्षता खारेज भएको हो ।
  • रातोपाटीले यसअघि विदेशी विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको समकक्षतामाथि प्रश्न उठाउँदै समाचार प्रकाशित गरेको थियो ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विदेशी विश्वविद्यालयबाट डिग्री लिएका १ सय १४ नेपाली विद्यार्थीको समकक्षता खारेज गरिदिएको छ ।

भारतको संघाई र सीएमजे विश्वविद्यालय, टेक्नो ग्लोबल विश्वविद्यालय र प्रज्ञान अन्तराष्ट्रिय विश्वविद्यालयबाट डिग्री हासिल गरेर नेपालको समकक्षता लिएका १ सय १४ जना विद्यार्थीको समकक्षता खारेज भएको हो ।

यसअघि यो विषयमा रातोपाटीले विभिन्न विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको समकक्षतामाथि प्रश्न उठाउँदै समाचार प्रकाशित गरेको थियो । 

त्रिवि पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै यसअघि प्राप्त गरेको समकक्षता खारेज भएको जनाएको हो । विदेशी विश्वविद्यालयबाट शंकास्पद शैक्षिक प्रमाणपत्र ल्याएर नेपालमा ‘समकक्षता’ लिई सरकारी तथा निजी क्षेत्रमा रोजगारीमा रहेका भारतको मणिपुरमा रहेको संघाई अन्तराष्ट्रिय विश्वविद्यालयबाट शैक्षिक उपाधि प्राप्त गरेका र मेघालयस्थित सीएमजे विश्वविद्यालयबाट उपाधि लिएकाहरूको प्रमाणपत्र खारेजी गरेको हो ।

भारतको मणिपुरमा रहेको संघाई अन्तराष्ट्रिय विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र प्राप्त गरी त्रिविबाट समकक्षता प्रमाणपत्र लिएका ९८ जना, सीएमजीको १६ जना विद्यार्थीलाई प्रमाणीकरण गर्न त्रिवि पाठ्यक्रम विकास केन्द्रले गोरखापत्रमा ३५ दिने सूचना जारी गरेको थियो । संघाई विश्वविद्यालयबाट डिग्रीको प्रमाणपत्र प्राप्त गरी समकक्षता लिने कसैले पनि प्रमाण पेस गर्न सकेनन् भने सीएमजीबाट १६ मध्ये ३ जनाले मात्रै प्रमाण पेस गरेका थिए । तीन जनाको भने शैक्षिक प्रमाणपत्र खारेज हुनबाट जोगिएको छ । 

त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम निर्णय गर्न लागेको हो । विनियम २१ मा पूर्वनिर्णय रद्द गर्ने विषय उल्लेख छ । कुनै आवेदकले पेस गरेको प्रमाणपत्रको आधारमा मान्यता वा समकक्षता प्रदान गरेकोमा पछि प्राप्त प्रमाणको आधारमा निजले पेस गरेको विवरण झुट्टा वा गैरकानुनी ठहरिएमा वा समकक्षता प्रदान गर्न अपर्याप्त देखिएमा उक्त मान्यता वा समकक्षता पत्र जुनसुकै समयमा उपाधि मान्यता तथा समकक्षता निर्धारण समितिले रद्द गर्न सक्नेछ भनी उल्लेख छ ।

त्यस्तो अवस्थामा आवेदकलाई सफाइको उचित मौका दिइने भनिएको छ । 

त्रिविले दुई विश्वविद्यालयमा अध्ययन गरेकाहरूको शैक्षिक प्रमाणपत्रको छानबिनको काम अन्तिम चरणमा पुर्‍याएको छ । संघाई विश्वविद्यालयलाई भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ मे १५ को सार्वजनिक सूचनाले विश्वविद्यालयको सूचीबाट हटाई सो विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीको लागि अवैध घोषणा गरेकाले सो विश्वविद्यालयबाट जारी भएका शैक्षिक उपाधिको विषयमा प्रमाण पेस गर्न सूचना जारी गरेको थियो । 

यी हुन् समकक्षता खारेज भएका प्रमाणपत्र

१ रोहित कुमार ठाकुर सिराहा । ब्याचलर अफ टेकनोलोजि, इलेक्ट्रिकल र टेलिकम्युनिकेशन । स्नातक ।
२. रविन खड्का दाङ, क्म्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, स्नातक तह ।
३. प्रशान्त कुमार झा सर्लाही सिभिल इन्जिनियरिङ, स्नातक
४. दिपेश कर्ण, धनुषा, स्नातक बीबीएस तीन वर्षे
५.ज्ञानेन्द्र बिडारी, ललितपुर, स्नातक कमर्श
६. समिर कुमार कर्ण, चितवन, स्नातक, कम्प्युटर साइन्स
७. प्रभा मिश्र, महोत्तरी, सोसल वोर्क, स्नातकोत्तर
८. रविन्द्रकुमार यादव सिराहा, स्नातक रेडियोलोजी
९.अजित यादव रौतहट, बीटेक इलेक्टिक, स्नातक
१०. लालबहादुर विश्वकर्मा, सुनसरी, होटल म्यानेजमेन्ट, स्नातक
११. प्रमिला राजभण्डारी भक्तपुर, एमबीए,फाइनान्स म्यानेजमेन्ट, स्नातकोत्तर 
१२. सन्जित कुमार यादव, सिराहा, स्नातक न्युरोसाइन्स
१३. सुनिल कुमार सिंह, महोत्तरी, बीएससी, एमएलटी
१४. अनिकेत कुमार यादव, महोत्तरी, स्नातकोत्तर कर्मश
१५. मिनाकुमारी कुशवाह, महोत्तरी, बीएससी, एमएलटी
१६. दिलिप कुमार मेहेता,सुनसरी, स्नातक बिजनेस एडमिनिस्टेसन
१७. सुरज सिवाकोटी, कैलाली, स्नातक कमर्श
१८. रविन घिमिरे, मोरङ, स्नातक कमर्स
१९. विशाल रामधामु, चितवन, स्नातक बिजनेस एडमिनिस्ट्रेसन
२०. मधु महत, काठमाडौँ, स्नातक कमर्श
२१. अनिता आचार्य, दाङ, स्नातक कर्मश
२२. सिर्जना गुरुङ, तनहुँ, स्नातक कमर्श
२३.विजेश घतानी, सुनसरी, स्नातक कमर्श
२४. खेमराज दुलाल, सुनसरी, कर्मश, स्नातक
२५. सुरज साह, सिराहा, स्नातक बिजेनश एडमिनिस्ट्रसन
२६. विकास मण्डल, धनुषा, मधेस प्रदेश, डिग्री प्राप्तः बि टेक. सिभिल इन्जिनियरिङ मा
मान्यता प्राप्त समानताः सिभिल इन्जिनियरिङ् मा स्नातक डिग्री
२७. सुशील आचार्य, जुम्ला, कर्णाली प्रदेश, डिग्री प्राप्तः बिटेक । सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
२८.  अर्जुन कुमार साह, धनुषा, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
२९. सन्तोष कुमार ठाकुर, धनुषा, मधेश प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३०. अमन साह, सिराहा, मधेश प्रदेश,प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३१. अर्जुन देवकोटा, नवलपरासी, गण्डकी प्रदेश,प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३२. सन्तोष बस्याल, नवलपरासी (पश्चिम), लुम्बिनी प्रदेश,प्राप्त उपाधिः स्नातक वाणिज्य
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३३. रेखा कार्की, काठमाडौँ, बागमती प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३४. कञ्चन बस्नेत, काठमाडौँ, बागमती प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३५. विक्रम खड्का, दोलखा, बागमती प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३६. रितेश कुमार यादव, सर्लाही, मधेश प्रदेश, प्राप्त उपाधिः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक
मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
३७. योगेश आचार्य, सर्लाही, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३८. रुजल श्रेष्ठ, संखुवासभा, कोशी प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
३९. पुष्पा राई, खोटाङ, कोशी प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
४०. सोनिका उप्रेती, नुवाकोट, बागमती प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
४१. रञ्जिता शिवाकोटी, दोलखा, बागमती प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
४२. बिपिन कोइराला, मोरङ, कोशी प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
४३. दीपक कर्ण, धनुषा, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
४४. आतिश घिमिरे, सुनसरी, कोशी प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
४५. शिवपूजन कुमार गुप्ता, शिवपूजन कुमार गुप्ता बारा, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक,मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री विषय (३ वर्ष)
४६. आरती कुमारी सिंह, महोत्तरी, मधेश प्रदेश, डिग्री प्राप्तः वाणिज्य स्नातक, मान्यता प्राप्त समकक्षताः प्रासंगिक विषयमा स्नातक डिग्री (३ वर्ष)
४७. प्रसन्न शर्मा, काठमाडौं, बागमती प्रदेश, डिग्री प्राप्तः वाणिज्य स्नातक
मान्यता प्राप्त समानताः प्रासंगिक विषयमा स्नातक डिग्री (३ वर्ष)
४८. मदन पोखरेल, कपिलवस्तु, लुम्बिनी प्रदेश, डिग्री प्राप्तः बी.टेक । सिभिल इन्जिनियरिङ मा
मान्यता प्राप्त समानताः सिभिल इन्जिनियरिङ् मा स्नातक डिग्री
४९. तीर्थसिंह कठायत, मुगु, कर्णाली प्रदेश,डिग्री प्राप्तः बी.टेक । सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
५०. मुकेश कुमार महारण, धनुषा, मधेश प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५१. रूपक सापकोटा, ललितपुर, बागमती प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासन स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५२. सुप्रिया बास्तोला, काठमाडौँ, बागमती प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५३. सिर्जना तिमल्सिना, काठमाडौँ, बागमती प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५४. सचित कुमारी यादव, सिरहा, मधेश प्रदेश,प्राप्त उपाधिः व्यवसाय प्रशासन स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५५. विजय ठाकुर, महोत्तरी, मधेश प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५६. रञ्जित कुमार पण्डित, सर्लाही, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासन स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५७. नवराज जैशी, दाङ, लुम्बिनी प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासन स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
५७. नवराज जैशी, दाङ, लुम्बिनी प्रदेश,प्राप्त उपाधिः व्यवसाय प्रशासन स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष) वर्ष)
५८. रूपेश कुमार सिंह, सिराहा, मधेश प्रदेश, प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
५९. मनमोहन झा, रौतहट, मधेश प्रदेश, प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६०. मनोज कुमार यादव, सिराहा, मधेश प्रदेश, प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६१. उमेश कुमार दास, धनुषा, मधेश प्रदेश, प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६२. पल्लबी देव, सप्तरी, मधेश प्रदेश, प्राप्त उपाधिः बी.टेक. सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६३. सोनु कुमार साह, महोत्तरी, मधेश प्रदेश, प्राप्त डिग्रीः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६४. प्रदीप कुमार सिंह, धनुषा, मधेश प्रदेश, प्राप्त डिग्रीः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६५. निशान्त क्षेत्री, नवलपरासी (पश्चिम), लुम्बिनी प्रदेश, प्राप्त डिग्रीः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक
मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
६६. मनिष भट्ट, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश,प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६७. प्रशान्त भण्डारी, पाल्पा, लुम्बिनी प्रदेश, प्राप्त उपाधिः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक
मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
६८. नवीन पाठक, धादिङ, बागमती प्रदेश, प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
६९. अजय कुमार भगत, सप्तरी, मधेश प्रदेश
प्राप्त उपाधिः बी.टेक. सिभिल इन्जिनियरिङमा,मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
७०. बिपिन थापा, तनहुँ, गण्डकी प्रदेश, प्राप्त डिग्रीः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक
मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
७१. नितिश साह, सर्लाही, मधेश प्रदेश,प्राप्त डिग्रीः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
७२. आदित्य शर्मा, बाँके, लुम्बिनी प्रदेश, प्राप्त डिग्रीः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक
मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
७३. रोशन कुमार चितवन, धनुषा, मधेश प्रदेश, प्राप्त डिग्रीः व्यवसाय प्रशासन स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
७४. लक्ष्मण गौतम, गुल्मी, लुम्बिनी प्रदेश, प्राप्त डिग्रीः बी.टेक. सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
७५. विशाल वाइबा, नुवाकोट, बागमती प्रदेश, प्राप्त उपाधिः कम्प्युटर विज्ञानमा विज्ञान स्नातक
मान्यता प्राप्त समकक्षताः बी.एससी. (३ वर्ष)
७६.दिवाश कुमार यादव, सप्तरी, मधेश प्रदेश, प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
७७. सुशील बाबु पटेल, रौतहट, मधेश प्रदेश, प्राप्त उपाधिः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
७८. उमेश शर्मा, रुकुम (पश्चिम), कर्णाली प्रदेश, प्राप्त उपाधिः बी.टेक. सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
७९. राजकुमार साह, पर्सा, मधेश प्रदेश, प्राप्त डिग्रीः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक
मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
८०. सागर जिसी, बर्दिया, लुम्बिनी प्रदेश, प्राप्त डिग्रीः सिभिल इन्जिनियरिङमा बी.टेक.
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
८१. जितेन्द्रकुमार यादव, महोत्तरी, मधेश प्रदेश, डिग्री प्राप्तः बी.टेक, सिभिल इन्जिनियरिङ मा
मान्यता प्राप्त समानताः सिभिल इन्जिनियरिङ् मा स्नातक डिग्री
८२. आनन्द बाबु यादव, सिरहा, मधेश प्रदेश, डिग्री प्राप्तः बी.टेक। सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
८३. अम्बिका साह, सर्लाही, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
८४.गौरव बस्नेत, सुर्खेत, कर्णाली प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
८५. रानी यादव, सर्लाही, मधेश प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
८६. अमन चौधरी, धनुषा, मधेश प्रदेश, प्राप्त उपाधिः बी.टेक. सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
८७. नवीन पौडेल, रुकुम (पश्चिम), कर्णाली प्रदेश, प्राप्त डिग्रीः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक,मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
८८. सागर कुवर थापा, नवलपरासी (पश्चिम), लुम्बिनी प्रदेश, प्राप्त डिग्रीः बी.टेक. सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
८९. प्रशान्त भण्डारी, पाल्पा, लुम्बिनी प्रदेश,प्राप्त उपाधिः कम्प्युटर विज्ञान र इन्जिनियरिङमा प्रविधि स्नातक
मान्यता प्राप्त समकक्षताः कम्प्युटर इन्जिनियरिङमा स्नातक डिग्री
९०. शबनम आरा, रौतहट, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
९१. जयराम महतो, सर्लाही, मधेश प्रदेश, प्राप्त उपाधिः वाणिज्यमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
९२. सूर्यदेव महतो, सिराहा, मधेश प्रदेश, प्राप्त उपाधिः बी.टेक. सिभिल इन्जिनियरिङमा
मान्यता प्राप्त समकक्षताः सिभिल इन्जिनियरिङमा स्नातक डिग्री
९३. रूपा कुमारी महतो, सर्लाही, मधेश प्रदेश, प्राप्त उपाधिः वाणिज्य स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
९४. पिंकी कुमारी सिंह, महोत्तरी, मधेश प्रदेश, प्राप्त उपाधिः व्यवसाय प्रशासनमा स्नातक
मान्यता प्राप्त समकक्षताः सम्बन्धित विषयमा स्नातक डिग्री (३ वर्ष)
९५.निरज देव, सप्तरी, मधेश प्रदेश, डिग्री प्राप्तः द्य.त्भअज। सिभिल इन्जिनियरिङ मा
मान्यता प्राप्त समानताः सिभिल इन्जिनियरिङ् मा स्नातक डिग्री
९६.अमन चौधरी, धनुषा, मधेश प्रदेश, डिग्री प्राप्तः द्य.त्भअज। सिभिल इन्जिनियरिङ मा
मान्यता प्राप्त समानताः सिभिल इन्जिनियरिङ् मा स्नातक डिग्री
९७. सुरजकुमार यादव, सप्तरी, मधेश प्रदेश, डिग्री प्राप्तः बी.टेक. सिभिल इन्जिनियरिङ मा
मान्यता प्राप्त समानताः सिभिल इन्जिनियरिङ् मा स्नातक डिग्री
९८. सूर्यदेव महतो, सिरहा, मधेश प्रदेश, डिग्री प्राप्तः बी.टेक. सिभिल इन्जिनियरिङ मा
मान्यता प्राप्त समानताः सिभिल इन्जिनियरिङ् मा स्नातक डिग्री
सिजेएमजीबाट डिग्री हासिल १३ जनाको प्रमाणपत्र खारेज
१.सपना पाण्डे, धादिङ,वाणिज्य शास्त्रमा स्नातक, सम्बन्धित विषयमा स्नातक
२.सबिता अधिकारी, भक्तपुर,मानविकीमा स्नातक मानविकीमा स्नातक
३.बब्लु कुमार झा, धनुषा,सिभिल इन्जिनियरिङमा स्नातक,सिभिल इन्जिनियरिङमा स्नातक
४.संगम कुमार झा, ललितपुर,फिजियोथेरापीमा स्नातक,सम्बन्धित विषयमा स्नातक
५.हरी केश वर्मा, बाँके,कानुनमा स्नातक,    सम्बन्धित विषयमा स्नातक (३ वर्षे)
६.देवेन्द्र देसार, ललितपुर,कम्प्युटर एप्लिकेशनमा स्नातक,सम्बन्धित विषयमा स्नातक (३ वर्षे)
 ७.ललित नारायण यादव, धनुषा    क्लिनिकल बायोकेमेस्ट्रीमा विद्यावारिधि,सम्बन्धित विषयमा विद्यावारिधि
८.दिनदयाल चौधरी, बारा,व्यवस्थापनमा विद्यावारिधि, व्यवस्थापनमा विद्यावारिधि
९.सरोज कुमार ठाकुर, धनुषा,क्लिनिकल माइक्रोबायोलोजीमा विद्यावारिधि    क्लिनिकल माइक्रोबायोलोजीमा विद्यावारिधि
१०.सुदिप गौतम, दाङ,राजनीति शास्त्रमा विद्यावारिधि,राजनीति शास्त्रमा विद्यावारिधि
११.शिवेन्द्र लाभ कर्ण, धनुषा,व्यवस्थापनमा विद्यावारिधि,सम्बन्धित विषयमा विद्यावारिधि
१२.दिपेन्द्र साउद, कैलाली,कम्प्युटर एप्लिकेशनमा स्नातक,सम्बन्धित विषयमा स्नातक (३ वर्षे)
१३.जय राज कापडी, बैतडी वाणिज्य शास्त्रमा स्नातक,सम्बन्धित विषयमा स्नातक (३ वर्षे)

टेक्नो ग्लोबल विश्वविद्यालय भारतबाट डिग्री प्राप्त २ जना

उदय किशोर तिवारी पीएचडी, म्यानेजमेन्टमा र गुंगेश्वर कुमार यादव सर्लाही ब्याचरल डिग्री समकक्षता खारेज भएको छ । 

प्रज्ञान अन्तराष्र्टिय विश्वविद्यालय झारखण्ड, भारत

निरुता अधिकारी, बाँके ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप