युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
बेरुत । लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति ५१ करोड २० लाख अमेरिकी डलरभन्दा बढी पुगेको वातावरणमन्त्री तामारा अल–जेनले बुधबार बताएका छन् । सन् २०२३ यता देशको दक्षिणी क्षेत्रमा डढेलोका कारण सात हजार हेक्टरभन्दा बढी वन तथा जङ्गल क्षेत्र नष्ट भएको उनले जानकारी दिए ।
लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार मन्त्री अल–जेनले इजरायली आक्रमणलाई ‘वातावरणीय अपराध’को सङ्ज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको बताए । युद्धबाट भएको प्रत्यक्ष आर्थिक क्षति ११ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
सरकार आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र दक्षिणी क्षेत्रमा सुरक्षा चुनौती कायमै रहेपनि वातावरणीय पुनःस्थापनाका लागि विस्तृत योजना आवश्यक रहेको मन्त्री अल–जेनले बताए ।
इजरायल र लेबनानबिच सीमापार द्वन्द्व अन्त्य गर्ने उद्देश्यले हालै एउटा ढाँचा सम्झौता भए पनि दक्षिणी लेबनानमा इजरायली सैन्य गतिविधि जारी रहेको अवस्थामा पुनःस्थापनाको पहल अघि बढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण