बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण

बुधबार, ३१ असार २०८३, २१ : ५९
बुधबार, ३१ असार २०८३

सारांश

  • उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच दोहास्थित लुसेल प्यालेसमा शिष्टाचार भेटवार्ता भएको छ।
  • कतारका पूर्वअमिरको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोक तथा समवेदना व्यक्त गर्न उपराष्ट्रपति कतार भ्रमणमा रहेका हुन्।
  • भेटका क्रममा उपराष्ट्रपतिले कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रेषित शोक तथा समवेदना पत्र हस्तान्तरण गरे।

दोहा । उपराष्ट्रपति रामसहायप्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच दोहास्थित लुसेल प्यालेसमा बुधबार शिष्टाचार भेटवार्ता भएको छ। 

कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको असामयिक निधनप्रति नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट शोक र समवेदना प्रकट गर्न उपराष्ट्रपति यादव कतार भ्रमणमा रहेका हुन्।

भेटका क्रममा उपराष्ट्रपति यादवले कतारी अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक संवेदना व्यक्त गर्दै यस अपूरणीय क्षतिको घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरे। यस अवसरमा उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रेषित शोक तथा समवेदना पत्र हस्तान्तरण गरे।

भेटवार्तामा नेपाली भ्रमण दलका सदस्यहरू तथा कतारका उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप