बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बिहीबार, ३२ असार २०८३, १२ : १२
बिहीबार, ३२ असार २०८३

सारांश

  • पाँचथरमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राजेन्द्र घिसिङ पक्राउ परेका छन्।
  • दाङमा एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय धनिराम भण्डारी पक्राउ परेका छन्।
  • प्रहरीले जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पाँचथरमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका–६ बस्ने २१ वर्षीय राजेन्द्र घिसिङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। राजेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर बस्ने ४५ वर्षीय धनिराम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। धनिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप