काठमाडौंको तीनकुनेबाट पेस्तोल सहित ७ जना हतियार कारोबारी पक्राउ
सोमबार, ०४ भदौ २०७५, १७ : १०
काठमाडौं– राजधानीको तीनकुनेस्थित एक रेष्टुरेण्टबाट एक थान पेस्तोल सहित सात जना हतियार कारोबारी पक्राउ परेका छन् ।
‘एक पेस्तोल सहित सात जनालाई पक्राउ गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘पक्राउ परेकाहरु बारे थप अनुसन्धान भइरहेको छ ।’
तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको छ ।
काठमाडौं प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भुपेन राई, राज भण्डारी, समित राई, सुरेश श्रेष्ठ, मिङ्मा शेर्पा, रोमित श्रेष्ठ र सुजन थापा मगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण