प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता
बिहीबार, ३२ असार २०८३, १५ : १०
सारांश
- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
- भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आपसी हितका विविध विषयमा छलफल भइरहेको छ।
- भेटवार्तामा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य खुस्बु ओली पनि सहभागी छन्।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आपसी हितका विविध विषयमा छलफल भइरहेको छ।
भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण