प्रदेश सत्ता राजनीति
मधेसमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायमै रहने
बिहीबार, ३२ असार २०८३, १५ : ५४
जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरिएको छ।
कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईबिच बिहीबार भएको छलफलले वर्तमान गठबन्धनलाई यथावत् राख्ने निर्णय गरेको हो।
छलफलपछि अर्थमन्त्री तथा नेकपाका संसदीय दलका नेता भट्टराईले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको राजनीतिक अवस्था फरक रहेकाले यहाँको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताए ।
उनले अन्य प्रदेशमा कांग्रेस र एमालेबिचको सहकार्य अन्त्य हुने स्थिति बने पनि मधेस प्रदेशमा भने यही राजनीतिक समीकरणलाई कायम राख्ने सहमति भएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण