बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

बिहीबार, ३२ असार २०८३, १६ : १२
बिहीबार, ३२ असार २०८३

सारांश

  • असार ३२ गतेसम्म देशभर औसत ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
  • प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७.०८ प्रतिशत रोपाइँ भएको छ ।
  • गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष धान रोपाइँको प्रगति केही कम देखिएको छ ।

काठमाडौँ ।  असार ३२ गतेसम्म देशभर औसत ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालभर धान रोपाइँ हुने कुल १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ सकिएको हो।

प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उत्साहजनक ८७.०८ प्रतिशत रोपाइँ भएको छ। अन्य प्रदेशहरूमा गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६०.२ प्रतिशत र लुम्बिनीमा ५९.६ प्रतिशत रोपाइँ सकिएको छ। यस्तै, मधेश प्रदेशमा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

गत वर्ष साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत रोपाइँ भइसकेको तुलनामा यस वर्षको असार मसान्तसम्मको प्रगति केही कम देखिएको हो । गत वर्ष साउन ४ गतेसम्मको अवधिमा ७२.१४ प्रतिशत रोपाइँ भएको थियो ।

747217129_983236104746095_3967855870143287063_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप