बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो

बिहीबार, ३२ असार २०८३, १६ : २३
बिहीबार, ३२ असार २०८३

सारांश

  • प्रहरीले सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगेको छ ।
  • लगातार धर्नामा बसेपछि प्रहरीले विषयवस्तु बुझ्न र काउन्सेलिङ गर्नको लागि उनलाई वृत्तमा लगेको हो ।
  • राजपूतले आफ्नो बच्चालाई मार्ने प्रयास भइरहेको र आफूमाथि दमन भएको जिकिर गरेकी छन् ।

काठमाडौँ । सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ । बिहीबार उनलाई प्रहरीले भ्यानमा राखेर वृत्तमा लगेको हो ।

लगातार सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेपछि विषयवस्तु बुझ्न र काउन्सेलिङ गर्नको लागि वृत्तमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

बच्चा बोकेर धर्नामा बस्दै आएकी राजपूतले आफ्नो बच्चालाई मार्ने प्रयास भइरहेको र आफूमाथि दमन भएको जिकिर गरेकी छन् ।  प्रहरीले त्यसबारे उनीसँग सोधपुछ गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप