बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता

बिहीबार, ३२ असार २०८३, १६ : २७
बिहीबार, ३२ असार २०८३

सारांश

  • नुवाकोटको त्रिशूली बजार नजिकैबाट एक युवक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।
  • त्रिशूलीमा हाम फाल्ने विदुर नगरपालिका–१० घर भएका ३५ वर्षीय श्यामबहादुर मग्राती हुन् ।
  • प्रहरीको टोलीले बेपत्ता भएका मग्रातीको खोजी गरिरहेको छ ।

काठमाडौँ । नुवाकोटको त्रिशूली बजार नजिकैबाट एक जना युवक त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन् । बिहीबार दिउँसो करिब १ बजेर १० मिनेटमा विदुर नगरपालिका–१० घर भएका ३५ वर्षीय श्यामबहादुर मग्राती त्रिशूलीमा हाम फालेका हुन् ।

नयाँ पुलबाट हाम फालेर बेपत्ता भएका मग्रातीको खोजी भइरहेको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए । उनको खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । हाम फाल्नुको कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप