मन्त्रिपरिषद् बैठक
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
बिहीबार, ३२ असार २०८३, १७ : १७
सारांश
- सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा गठित टोलीमा विभिन्न मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।
- यो टोलीले मिटरब्याज पीडित पक्षसँग सिधा वार्ता गरी समस्याको स्थायी समाधान खोज्नेछ।
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार ३२ गते बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको समस्या समाधानका लागि निर्णय गरेको छ।
मिटरब्याज पीडित नागरिकहरूको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढाउने सम्बन्धमा सरकारले एक वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा उक्त टोली गठन गरिएको छ। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्।
यो टोलीले मिटरब्याज पीडित पक्षसँग सिधा वार्ता गरी समस्याको उचित र स्थायी समाधान पहिल्याउने उद्देश्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण