बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ

बिहीबार, ३२ असार २०८३, १७ : २२
बिहीबार, ३२ असार २०८३

जनकपुरधाम । जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका जनकपुरस्थित मुजेलियाबाट पक्राउ परेका छन् ।

मुरारकालाई बिहीबार जनकपुर प्रहरीले पक्राउ गरेका हो । मुरारकाले मार्बल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

हाल उनलाई वडा प्रहरी कार्यालय मुजेलियामा राखिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप