राजनीति
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
बिहीबार, ३२ असार २०८३, १७ : ३५
सारांश
- सत्ता समीकरणमा फेरबदल आएपछि बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूको राजीनामा तत्कालका लागि रोकिएको छ ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कांग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा रोकिएको हो ।
- बागमती प्रदेशमा एमालेबाट ६ जना मन्त्रीहरू स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, श्रम, वन र उद्योग मन्त्रालयमा कार्यरत छन् ।
काठमाडौँ । सत्ता समीकरणमा फेरबदल देखिएसँगै बागमती प्रदेशमा नेकपा एमालेका मन्त्रीहरुको राजीनामा रोकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेका तर्फबाट कांग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा रोकिएको हो ।
बागमतीमा एमालेबाट ६ जना मन्त्री रहेका छन् । एमालेका तर्फबाट प्रदेश स्वास्थ्यमन्त्री रहेका किरण थापा मगरले राजीनामाको तयारी केन्द्रको निर्देशनसँग तत्कालका लागि रोकिएको बताए ।
सरकारमा एमालेबाट स्वास्थ्य मन्त्री थापासहित कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण