बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

न्यायपरिषद्ले गर्‍यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)

बिहीबार, ३२ असार २०८३, १८ : ०४
बिहीबार, ३२ असार २०८३

सारांश

  • न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
  • परिषद्ले विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
  • विशेष अदालत काठमाडौँको अध्यक्षमा न्यायाधीश वासुदेव आचार्य, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारी र राजस्व न्यायाधिकरण काठमाडौँको अध्यक्षमा ध्रुवराज नन्दलाई सिफारिस गरिएको छ ।

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्‌को बिहीबार बसेको बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

न्याय परिषद्ले विशेष अदालत काठमाडौँको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ ।

श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश  दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरिएको छ । यस्तै, राजस्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्न सिफारिस गरेको छ ।

राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश अन्जु उप्रेती ढकाललाई तोक्न सिफारिस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप