गुल्मी अस्पतालको व्यथाः ५० शैया बनाउने घोषणा मात्रै , विरामीलाई भुइँमा सुताएर उपचार
प्रेम सुनार
गुल्मी । गुल्मीको जिल्ला अस्पताललाई सरकारले ५० शैयाको अस्पतालमा स्तर बृद्धि घोषणा गरेको तीन वर्ष हुँदा अहिलेसम्म घोषणामै सिमित बनेको छ । ३ वर्ष अघि देशका २२ वटा अस्पताल मध्ये गुल्मीको जिल्ला अस्पताल तम्घासलाई पनि १५ शैयाबाट सरकारले ५० शैया बनाउने घोषणा गरेको थियो ।
सरकारले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नगरे पछि विरामीको बढ्दो चापका कारण अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट ३० शैयाको बनाएको छ ।
त्यो ३० शैयाले पनि नपुगेर यति वेला विरामी भुइँमा सुतेर उपचार गराई रहेका छन् । गुल्मी जिल्लावासी मात्र नभई छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका समेत छिमेकी गाउँवासीले उपचार सेवा लिँदै आएको यस अस्पतालमा विगतको तुलनामा सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ । दैनिक २ सय जनासम्म विरामीको स्वास्थ्य उपचार गरी रहेको त्यस अस्पतालमा यति वेला वर्षायाम सुरु भए लगत्तै ज्वरो , झाडा वान्ताका विरामीहरुको थप चाँप बढेको छ ।
१६ जनाको दरवन्दीमा जम्मा ५ जना डाक्टर रहेका छन् जसमा एक जना पनि विशेषज्ञ डाक्टर छैनन् ।
त्यस अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन । यहाँ सम्मकी एक जना विशेषज्ञ डाक्टर समेत सरकारले पठाएको छैन् । सरकारले जम्मा ४ जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जन डाक्टर पठाएको छ ।
लामो सयम देखि निक साईमन ईन्सिच्युड काठमाडौँले पठाउँदै आएको एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगर , मेडिकल अधिकृत डाक्टर अञ्जना सापकोटा, स्टाफ नर्स दुर्गा पातली र अनेस पोसिया असिस्टेन विरेन्द्र प्रसाद यादव र सरकारी तिनै पाँच जना डाक्टरको भरमा त्यस अस्पताल चलेको छ ।
तीन वर्ष अघि ५० शैयाको अस्पताल घोषणा भए पनि त्यस अनुसारको औषधी उपचारका लागि कुनै रकम, भौतिक पूर्वाधार वा जनशक्ति सरकाले नपठाएको मेडिकल सुपरिटेण्डन डाक्टर चौधरीले बताए ।
विरामी मात्र होईन त्यस अस्पतालमा प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झण्डै २ सय जना प्रशुति सेवा लिने महिलाको संख्या बढेको तथ्याङकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण