श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
बिहीबार, ३२ असार २०८३, २१ : २४
सारांश
- श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट पाइलट आदित्य कसजुलाई पक्राउ गरेको छ ।
- आवेशमा आएर कुटपिट गरेको कसुरमा कसजुमाथि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
- बुद्ध एयरमा कार्यरत कसजु केही दिनअघि पक्राउ परेका हुन् ।
काठमाडौँ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जना पाइलटलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदित्य कसजु छन् । उनलाई आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
कसजुमाथि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेको छ । बुद्ध एयरमा कार्यरत कसजुले आवेशमा आएर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनी केही दिनअघि पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण