शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
शुक्रबार, ०१ साउन २०८३, ०६ : २७
सारांश
- शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ।
- आयोगमा एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदमा नयाँ नियुक्ति गर्नका लागि यो प्रक्रिया अगाडि बढाइएको हो।
- इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी २०८३ साउन १५ गते कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।
काठमाडौँ । शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ।
आज (शुक्रबार) प्रकाशित सूचना अनुसार आयोगमा एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदमा नयाँ नियुक्ति गर्नका लागि यो प्रक्रिया अगाडि बढाइएको हो। इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी २०८३ साउन १५ गते कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।
उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम तथा दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतका विवरणहरू शिक्षा तथा खेलकुद मन्त्रालय र आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण